January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

भारतमा आन्दोलनरत किसानद्वारा आत्महत्या, केन्द्र सरकार जिम्मेवार भएको आरोप

  • 12
    Shares

नयाँदिल्ली, भारतको राजधानी दिल्लीको बोर्डरमा चलिरहेको किसान आन्दोलनका क्रममा एक किसानले आत्महत्या गरेका छन् । दिल्ली–यूपी बोर्डरमा आन्दोलनरत किसानले आत्महतया गरेका हुन् ।

आत्महत्यापछि प्रदर्शनमा रहेका किसानहरु थप आक्रोशित बनेका छन् र यूपी गेटमा किसान सरदार कश्मीर सिंहले फाँसी लगाएर आत्महत्या गरेका हुन् । उनले शौचालयभित्र फाँसी लगाएका थिए ।

घटनास्थलबाट सुसाइड नोट पनि प्राप्त भएको छ । सुसाइड नोटमा आफ्नो अन्तिम संस्कार नाती र बच्चाको हातबाट दिल्ली–यूपी बोर्डरमै गरिदिन उल्लेख गगरेका छन् ।

मृतकका परिवार किसान आन्दोलनमा निरन्तर सहभागी हुँदै आएका छन् । किसानको आत्महत्याको खबर पाउनासाथ प्रहरी तत्काल घटनास्थलमै पुगेको थियो । र सुसाएड नोट आफ्नो कब्जामा लिएको थियो ।

सुसाइड नोटमा मृतकले आफ्नो मृत्युको कारण केन्द्र सरकार भएको बताएका छन् । ‘आखिर हामी कहिलेसम्म यो चिसोमा बस्न सक्छौं’ सुसाइड नोटमा लेखिएको छ, ‘सरकारले हाम्रो कुरा सुनेकै छैन । यसैकारण म आफ्नो ज्यान दिँदैछु । ताकि बाँकी किसानलाई यो चिसोमा अलपत्र पर्नु नपरोस् ।’

शीर्ष समाचार

धेरै पढिएको