January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

सुरक्षा खर्च बढाउने ट्रम्पको प्रस्ताव संसदद्वारा अस्वीकार, उनकै पार्टीका सांसदहरु विपक्षमा

  • 9
    Shares

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्च बढाउन गरेको प्रस्तावलाई संसदले अस्वीकार गरेको छ । ट्रम्पको चार वर्षे शासनकालमा पहिलोपटक उनको भिटो संसदले रद्द गरेको हो ।

राष्ट्रपति ट्रम्पले विशेषाधिकार ‘भिटो’ प्रयोग गरेर ल्याउन खोजेको सुरक्षा खर्च बढाउने विधेयकलाई उनकै रिपब्लिकन पार्टीका सांसदहरुले समेत विपक्षमा मतदान गरेका हुन् ।

रिपब्लिकनहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटको नयाँ वर्षको दिन बसेको बैठकले भिटो खारेज गर्ने पक्षमा निर्णय गरेको हो ।

राष्ट्रपति ट्रम्पले संसदको यो कदमले सुरक्षा प्रणाली कमजोर बनाउने टिप्पणी गरेका छन ।

राष्ट्रपतिले भिटो अधिकार प्रयोग गरेर ल्याएका विधेयकहरु अमेरिकी संसदको तल्लो सदनले दुई तिहाई बहुमतले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको