January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

यमनको विमानस्थलमा भएको आक्रमणमा परि २२ जनाको मृत्यु, ५० जना घाइते

  • 3
    Shares

यमन, दक्षिणी यमनस्थित एडेनको विमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ ।

एडेन विमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु ५० जना घाइते भएको एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारी अधिकारीहरुलाई विमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त बिस्फोट गराइएको मन्त्रालयको भनाई छ ।

यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले बिस्फोटका लागि हुथी विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।

राष्ट्रपति हादीले विमानस्थलमा भएको बिस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको