January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ३ हजार ९०० भन्दा बढीको मृत्यु

  • 26
    Shares

वासिङ्टन, संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकैदिन सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा गत २४ घण्टाको अवधिमा तीन हजार ९२७ जनाको ज्यान गएको विश्वविद्यालयले जनाएको छ ।

यस्तै एकै दिन एक लाख ८९ हजार ६७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कूल संक्रमितको संख्या २ करोड नाघेको छ भने तीन लाख ५० हजार ७७८ जनाको मृत्यु भएको छ ।

अमेरिकाका एक जना अग्रणी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले महामारीको असर हिउँदका दिनहरुमा अझ बढ्न सक्ने चेतावनी दिएका छन् । उनले बिदाका दिनहरुमा हुने जमघटले समेत कोरोना संक्रमण फैल्याउन थप भूमिका खेल्ने बताए ।

अमेरिकामा यतिबेला खोप लगाउने अभियान जारी छ र करिब २८ लाख व्यक्तिले खोप लगाइसकेका छन् । यसै डिसेम्बर महिनाको अन्त्यसम्ममा २ करोड व्यक्तिलाई खोप दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना असफल भइसकेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको