April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

विश्वभर कोरोना संक्रमणबाट एकैदिन १४ हजार बढीको मृत्यु

काठमाडौं, विश्वभर कोरोना भाइरस संक्रमणबाट एकैदिन १४ हजार भन्दा बढीको मृत्यु भएको छ । वल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र १४ हजार ३ सय भन्दा धेरैले ज्यान गुमाएका हुन । यो संख्या हालसम्मकै उच्च हो ।

यसअघि बुधवार १४ हजार १ सय १० संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये अधिकांश महामारीको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकका नागरिक धेरै रहेका छन ।

युरोपेली मात्रै एक दिनमा ५ हजार ७ सय ६३ संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । अमेरिकामा तीन लाख ५० हजार भन्दा धेरैको मृत्यु भएको छ ।

हालसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख १२ हजार नाघेको छ । विश्वभर आठ करोड ३० लाख ६३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भैसकेको छ । तिमध्ये पाँच करोड ८८ लाख २३ हजार निको भएका छन । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको