January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

भारतमा बेलायतबाट फर्किएका २० यात्रीमा नयाँ स्ट्रेनको कोरोना संक्रमण

  • 34
    Shares

नयाँदिल्ली, भारतमा कोरोना भाइरसको नयाँ स्ट्रेनले आफ्नो फैलावट शुरु गरेको पाइएको छ । बेलायतबाट फर्किएकामध्ये २० यात्रीमा अहिलेसम्म नयाँ स्ट्रेनको कोरोना संक्रमण पाइएको छ ।

यसअघि पनि देशका विभिन्न ठाउँमा ६ व्यक्तिमा संक्रमण देखिएको छ । बेलायतमा भने यो भाइरसले अहिले त्रास मच्चाएको छ । जसपछि बेलायतबाट भारत आउने फ्लाइटमा रोक लगाइएको छ । पछिल्लो समय बेलायतबाट जति पनि आएका थिए ।

उनीहरु सबैको जाँच भइरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार उत्तर प्रदेशको मेरठमा २ वर्षकी बालिकामा नयाँ स्ट्रेनको कोरोना पुष्टि भएको थियो । बालिकाका परिवार कोरोना स्ट्रेनको प्रकोप बढ्न थालेपछि बेलायतबाट फर्किएका थिए । उनका मातापितालाई पनि पोजेटिभ देखिएको छ ।

बुधबार पुणे र हैदरावादमा पनि कोरोना नयाँ स्ट्रेनको संक्रमण पाइएको छ । बेलायतबाट शुरु भएको कोरोनाको नयाँ स्ट्रेनको फैलिने दर ७० प्रतिशत विनाशकारी भएको वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको