April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

प्रिमियर लीग: म्यानचेष्टर युनाइटेड, लिड्स, आर्सनल र बर्नली विजयी

काठमाडौं, इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड, लिड्स, आर्सनल र बर्नली विजयी भएका छन् ।

लीग अन्तर्गत म्यानचेष्टर युनाइटेडले उल्फ्समाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । युनाइटेडको जितमा मार्कस राशफोर्डले खेलको अन्तिम समयको इञ्जुरी समयमा गोल गरेका थिए ।

जितपछि १५ खेलबाट ३० अंक जोड्दै म्यानचेष्टर युनाइटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।लीग अन्तर्गत नै अन्य खेलमा लिड्सले वेष्ट ब्रोमलाई ५–०, आर्सनलले ब्राइटनलाई १–० र बर्नलीले सेफिल्ड युनाइटेडलाई १–० ले हराए ।

यस्तै साउथह्याम्टन र वेष्ट ह्याम युनाइटेडले गोल बराबरी खेले ।

शीर्ष समाचार

धेरै पढिएको