January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

क्रोएसियामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु ७ जनाको मृत्यु

  • 19
    Shares

क्रोएसिया, क्रोएसियामा शक्तिशाली भूकम्पका कारण मृत्यु हुने मानिसको संख्या ७ पुगेको छ । भूकम्पमा परि अहिलेसम्म ७ जनाको मृत्यु भएको र कैयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको जनाएको छ ।

राजधानी जारेबदेखि दक्षिणपूर्वी पेट्रिन्जा शहर भूकम्पको केन्द्रविन्दु रहेको स्थानीय सञ्चारमाध्यमको भनाइ छ । पेट्रिन्जाका मेयरले भूकम्पका कारण आधा शहर नै ध्वस्त भएको बताउँदै उद्धार कार्य जारी रहेको बताएका छन् ।

भूकम्पबाट बत्ती लगायत सञ्चारका साधन अवरुद्ध भएका छन् । भूकम्पको धक्का बोस्निया, सर्बिया र इटालीमा समेत महशुस गरिएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको