March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

ब्राजिलको अर्थतन्त्रमा सुधारको सङ्केत, बेरोजगारी दर घटेर १४.३ प्रतिशत

ब्राजिलिया, विश्वव्यापी महामारी कोभिड-१९ का कारण सङ्कुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो त्रैमासिक तुलनामा ०.३ अङ्कले घटेको हो ।


ब्राजिलले तीन महिनाको अवधिमा बेरोजगार तथ्याङ्कहरू मापन गरी सार्वजनिक गरेको तथ्याङ्कमा नौ पटकसम्मको बेरोजगारी दरमा आएको प्रत्यक्ष कमीले लामो समयपछि पहिलो पटक ब्राजिलको अर्थतन्त्रमा सुधारको सङ्केत गरेको छ ।

ब्राजिलमा अहिले उक करोड ४१ लाख मानिस बेरोजगार रहेका तथ्याङ्कबारे लेखा राख्ने सरकारी निकाय आईबीजीईले जनाएको छ ।

यो एक बर्ष पहिलेभन्दा १७ लाख बढी हो । एक वर्ष पहिले सोही अवधिमा ब्राजिलको बेरोजगारी दर ११.६ प्रतिशत थियो । ब्राजिल कोभिड–१९ को महामारीका कारण प्रभावित हुने विश्वकै दोस्रो मुलुक हो ।

बढी प्रभावित मुलुक अमेरिकापछि ब्राजिलमा एक लाख ९१ हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमितको यो वर्ष मृत्यु भइसकेको छ । ब्राजिल सरकारले यो वर्षको अर्थव्यवस्था ४.५ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको