January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

सन् २०२० मा विश्वभर ५० सञ्चारकर्मीहरुको हत्या

  • 7
    Shares

पेरिस, सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरुको हत्या भएको छ । रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको उल्लेख गरेको छ ।

प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकारहरु बढी प्रभावित भएको औंल्याएको छ ।

हत्याका घटना विशेष गरेर मेक्सिको, भारत र पाकिस्तानमा भएको भन्दै त्यहाँका घटनाका बारेमा धेरै चर्चा प्रतिवेदनमा गरिएको छ ।

पत्रकार हत्या सम्बन्धी घटनामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकी गत बर्ष सन् २०१९ मा यस्ता घटना ६३ प्रतिशत मात्रै रहेको पनि बोडर्सले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको