दक्षिण अफ्रिकामा कोरोनाको नयाँ स्ट्रेन फैलिएपछि रक्सी वितरणमा रोक

अफ्रिका, कोरोनाको नयाँ स्ट्रेन फैलिएपछि दक्षिण अफ्रिकाले मदिराजन्य पदार्थ बिक्री वितरणमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।
बेलायतपछि नै दक्षिण अफ्रिकामा देखिएको थियो । मदिरा सेवनले जोखिम बढाउने मात्रै नभई भीड जम्मा हुने भएकाले पनि तत्काल प्रतिबन्ध लगाइएको हो ।
बेलायतबाट शुरु भएको कोरोना भाइरसको नयाँ रुप फैलिन थालेपछि सबै देशले उच्च सतर्कता अपनाएका छन् । गत महिनादेखि बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन देखिएको थियो ।
अहिले अधिकांश यूरोपियन देशमा देखिएको छ ।
साथै बेलायतबाट आएका ६ जना भारतीयमा पनि कोरोना नयाँ स्ट्रेनको संक्रमण देखिएको छ । एजेन्सी
प्रतिकृया दिनुहोस्