January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

संसदमा हातपात गरिएपछि भारतमा उपसभामुख धर्मेगौडाले गरे आत्महत्या

  • 13
    Shares

भारत, भारतको कर्नाटकस्थित चिकमंगलूर विधान परिषद्का उपसभामुख एसएल धर्मेगौडाले आत्महत्या गरेका छन् ।

रेलको ट्य्राकमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । शवसँगै एक सुसाइड नोट भेटिएको छ ।

जेडीएस पार्टीका नेता धर्मेगौडाको शव राति २ बजे रेलवे ट्य्राकमा फेला परेको हो । प्रहरीले सुसाइड नोट बरामद गरेर अनुसन्धान शुरू गरेको छ ।

केही दिनअघि कर्नाटक विधान परिषदमा विपक्षी कांग्रेसका नेताहरूले धर्मेगौडालाई कुर्सीबाट उठाएर तानातान गरेका थिए ।

पूर्व प्रधानमन्त्री एचडी देवेगौडाले उपसभामुखको आत्महत्या आश्चर्यजनक भएको भन्दै दुःख व्यक्त गरेका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको