January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

मध्य अफ्रिकामा विद्रोहीको आक्रमणबाट निर्वाचन प्रभावित

  • 11
    Shares

काठमाडौं, विद्रोहीको आक्रमणका कारण मध्य अफ्रिकामा निर्वाचन प्रभावित भएको छ । राष्ट्रपतिय निर्वाचनका क्रममा विद्रोहीहरुले आक्रमण गरेको हो  ।


मतदानका क्रममा १४ प्रतिशत भन्दा बढी मतदान केन्द्रहरुमा विद्रोहीहरुले आक्रमण गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले कर्मचारीलाई मतदान प्रक्रिया सञ्चालनमा रोक लगाइएकाले मतदान हुन नसकेको जनाएको छ । पश्चिमी क्षेत्रका विभिन्न शहरमा विद्रोहीले आक्रमण गरेका हुन् ।

राष्ट्रपतिय निर्वाचनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको सरकारले दावी गरेको थियो । मध्य अफ्रिकामा सन् २०१३ देखि लगातार हिंसाका घटना हुँदै आएका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको