January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

विश्वका १० देशमा भ्याक्सिन वितरण शुरु

  • 1
    Share

काठमाडौं, विश्वका १० देशले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन शुरु गरिसकेका छन् । कोरोनाविरुद्धको लडाइँमा भ्याक्सिन तयार भएपछि ती देशले आफ्ना नागरिकका लागि भ्याक्सिन लगाउन शुरु गरेका हुन् ।

भ्याक्सिन लगाउन शुरु गर्नेहरुमा अमेरिका, बेलायत, चीन, क्यानडा, रुस बहराइन, चिली, कोस्टारिका। मेक्सिको र इजरायल रहेका छन् ।
अन्य देश भने भ्याक्सिनको पर्खाइमा रहेका छन् ।

२०२१ को शुरुवाती महिनामै भ्याक्सिन उपलब्ध हुने अपेक्षा गरिएको छ । भारतका कैयौं राज्यमा भ्याक्सिन लगाउनका लागि तथ्यांक संकलन पनि शुरु गरिएको छ । भने, नेपालमा अहिलेसम्म कुनै तयारी गरिएको छैन ।

भ्याक्सिन लगाउने कार्यक्रम शुरु गरेका देशको आधिकारिक तथ्यांक अनुसार वेबसाइड आवरवल्र्डइन डाटाले अहिलेसम्म कति मानिसलाई भ्याक्सिन लगाइयो भन्ने जानकारी दिएको छ । सामान्य रुपमा एक व्यक्तिलाई एक डोज नै लगाइन्छ ।

वेबसाइटका अनुसार विश्वमा अहिलेसम्म जम्मा ४८.३ लाख मानिसलाई भ्याक्सिनको डोज दिइसकिएको छ । यो तथ्यांक शनिबार सम्मको हो । सबैभन्दा धेरै अमेरिकामा १९ लाख, चीनमा १० लाख, बेलायतमा ८ लाख, रुसमा ७ लाख र बहराइनमा ५१ हजार ५५६ जनालाई भ्याक्सिन लगाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको