January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजार नाघ्यो

  • 4
    Shares

नयाँदिल्ली, भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ ।

गत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण देखा परेयता छ महिनाभित्र पहिलो पटक आइतबार कोभिड १९ को सङ्क्रमित २० हजार भन्दा कम देखिएको थियो ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २७९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ९०१ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ८२ हजार ६६९ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ ।

हाल भारतमा दुई लाख ७७ हजार ३०१ सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ७५७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४५३ जनाको मृत्यु भइसकेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको