रुसी राष्ट्रपति पुटिनले कोरोनाको पहिलो खोप आफूलाई लगाउने अनुमति दिए

रुस, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई कोरोना भ्याक्सिन लगाउने अनुमति दिएका छन् ।
राष्ट्रपति पुटिनले स्पुतनिक–२ कोरोना भ्याक्सिन लगाउने भएका छन् । रुसले भ्याक्सिन वितरणको तयारी स्वरुप पहिलो खोप राष्ट्रपतिलाई नै लगाइने भएको हो ।
क्रेमलीनका प्रवक्ता दिमित्री पेसकोवले रुसी टेलिभिजन सँग अन्तवार्ता दिँदै भने, ‘पुटिनलाई कोरोनाको भ्याक्सिन लगाइने छ । यो कुराको निर्णय राष्ट्रपति पुटिन आफैंले गर्नुभएको छ ।’
रुसले आफैं बनाएको स्पुतनिक–२ भ्याक्सिन लगाउन स्वच्छिक कार्यक्रम चलाएको छ भने उसको शुरुवात मस्को शहरबाट हुनेछ । जहाँ कोरोना भाइरसको संक्रमण उच्च छ ।
पछिल्लो केही दिनअघि रुसी स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरिकमाथि भ्याक्सिन प्रयोगको अनुमति पनि दिएको छ ।
प्रतिकृया दिनुहोस्