February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

कोरोना प्रभावितलाई दिने राहत प्याकेज सम्बन्धी विधेयक ट्रम्पद्वारा अनुमोदन 

  • 10
    Shares

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना राहत कोष सम्बन्धी विधयेक अनुमोदन गरेको छन ।

सहायता कोषमा हस्ताक्षर गरेको विषयमा चर्को आलोचना भएपछि उनले राहत प्याकेज सम्बन्धी विधेकलाई कानूनमा परिणत गरेका हुन् ।

सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका ट्रम्पले स्थानीय समय अनुसार आइतबार बेलुका विधेयकमा हस्ताक्षर गरेका हुन् ।

केही दिनदेखि फ्लोरिडाको गल्फ क्लबमा रहेका ट्रम्पले त्यहिँ विधेयकमा हस्ताक्षर गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।

उक्त विधयेकमा हस्ताक्षर नगर्दा कोरोनाका कारण रोजगारी गुमाएका लाखौं अमेरिकी नागरिक शनिवारदेखि सरकारबाट पाउने राहतबाट वञ्चित भएका थिए ।

अमेरिकी संसदले सोबार कोरोना प्रभावितलाई राहत दिन नौ खर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको थियो । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको