March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

  • 2
    Shares

काठमाडौं, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस यूरोप र अमेरिकाभन्दा भारतमा त्यति भयावह देखिएन । पछिल्लो एक महिनायता भारतमा कोरोना संक्रमितको संख्यामा निरन्तर गिरावट भइरहेको छ ।

भारतमा कोरोना संक्रमित निको हुने दरलाई हेर्दा अब केही समयमै पूरै तरिकाले नियन्त्रणमा आउने संकेत देखिएको छ । भ्याक्सिन आए पनि कोरोना पूरै तरिकाले निमिट्यान्ह कहिले हुन्छ भन्ने एकिन छैन । तर, पति भारतमा निको हुने दर बढ्दो देखेर नागरिकमा एक खालको उत्साह जागेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा १८ हजार ७ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दुई सय ७९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने, २१ हजार चारसय ३० जनाले कोरोना जितेका छन् ।

हालसम्म संक्रमितको संख्या करिब एक करोड माथि पुगिसकेको छ । सक्रिय संक्रमितको संख्या हाल २ लाख ७८ हजार ६ सय ९० रहेको छ । यस्तै कोरोना संक्रमणका कारण हालसम्म भारतमा एक लाख ४७ हजार ६२२ जनाको मृत्यु भएको भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै भारतमा निको हुनेको दर ९५ दशमलव ८२ प्रतिशत रहेको छ । जो पूरै विश्वमा सबैभन्दा धेरै हो । मृत्युदर १ दशमलव ४५ प्रतिशतमा झरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको