February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

मलेसियामा कार्यरत श्रमिकले आफुलाई दुव्र्यवहार भएमा मोवाइल एप मार्फत उजुरी दिन सक्ने

  • 20
    Shares

क्वालालम्पुर, मलेसियामा कार्यरत नेपालीसंगै विदेशी श्रमिकले आफूलाई कुनै दुव्र्यवहार भएमा त्यसका बारेमा गुप्त रुपमा सम्बन्धित सरकारी निकायमा मोवाइल एप मार्फत उजुरी दिन सक्ने गरी मलेशियामा आगामी जनवरी देखि मोवाइल एप सञ्चालनमा आउन लागेको छ ।

सो मोवाइल एप यहाँको सरकारले नै बनाउन लागेको हो । मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले विभिन्न देशको भाषामा उपलव्ध हुने सो मोवाइल एपले विदेशी श्रमिकको अधिकार र कामको सम्मान नगर्ने रोजगारदाताहरुका बारेमा सरकारले जानकारी हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । सो एप नेपाली, बंगाली, इन्डोनेसिया, फिलिपिन्स, म्यानमार लगायतका भाषामा हुनेछ ।

मन्त्री शरभनानले हालसम्म विदेशी श्रमिक सरकारसँग सिधा नजोडिएको भन्दै सोका कारण आफूलाई दुव्र्यवहार हुँदा पनि उनीहरुले उजुरी गर्न नसकिरहेको बताए । यसका कारण दुव्र्यवहार गर्ने रोजगारदातालाई सहजता भएको उनको भनाई छ । उनले नयाँ आउने मोवाइल एपमा दोहोरो सञ्चार गर्न सकिने प्रवन्ध हुने जानकारी दिएका छन् । श्रमिकको उजुरीका आधारमा श्रम विभागले अनुगमन गर्ने जनाइएको छ ।

मलेशियामा विशेषगरी आप्रवासी श्रमिकमाथि शोषण हुने गरेको छ । भनिएअनुसारको काम तथा तलव नदिइने, उचित बसोवासको प्रवन्ध नहुने तथा अतिरिक्त कामको अतिरिक्त पारिश्रमिक नपाउने मुख्य समस्या हुन् । यसैगरी रोजगारदाताले मानशिक तथा शारिरीक दुव्र्यवहार गर्दै काम गर्न बाध्य पार्ने गरेको घटना समय समयमा सार्वजनिक हुने गरेका छन् ।

मलेशियामा आप्रवासी श्रमिकलाई बाध्यकारी श्रमको अवस्थामा पारेको भन्दै पश्चिमा मिडियाहरुले लगातार प्रश्न उठाएपछि पछिल्लो समय यहाँको श्रम बजार सुधारका लागि चर्को दवाव परेको छ ।

शीर्ष समाचार

धेरै पढिएको