March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

अन्तरिक्षको प्रदूषण रोक्न काठबाट निर्मित स्याटलाइट लञ्च गरिने

  • 3
    Shares

काठमाडौं, कोरोना कहरबीच पनि यस वर्ष अन्तरिक्षमा कैयौं मिशन शुरु गरिएका छन् । जसमध्ये जापान यसमा सबैभन्दा अगाडि छ । जापनले छिट्टै काठबाट बनेको स्याटलाइट लञ्च गर्नेसमेत बताएको छ । 

जापानका अनुसार काठको स्याटेलाइटबाट स्पेसमा प्रदूषणमा रोक लगाउन सकिन्छ । यसलाई इको फ्रेण्डली स्याटलाइट भनिएको छ । यसलाई २०२३ सम्म लञ्च गरिने बताएको छ । 

पर्यावरणलाई लिएर निकै संवेदनशील रहेको जापानले स्पेस प्रदूषण नियन्त्रणका लागि पनि काठको स्याटलाइट ल्याउने भएको हो । क्योटो विश्वविद्यालय र सुमिटोमो फरेस्ट्रीले मिलेर यसमा काम पनि शुरु गरेका छन् । प्रदूषण रोक्नका लागि यो सबैभन्दा उत्तम उपाय बताइएको छ । ​

स्टालाइट स्थापित गरेर एक अर्कासँग अघि बढ्ने प्रतिस्पर्धामा अहिलेसम्म २३ हजारभन्दा धेरै मानवनिर्मित कवाड स्पेसमा जम्मा भएका छन् । स्याटलाइटमा अधिकतम काठको प्रयोग गरेर पनि स्पेसमा कसरी सुरक्षित पठाउन सकिन्छ भन्ने विषयमा वैज्ञानिक सोध गरिरहेका छन् ।

स्पेसमा पठाएपछि यसलाई त्यही नष्ट गर्न पनि सकिन्छ र पृथ्वीमा ल्याएर पुनः प्रयोग गर्न पनि सकिनेछ । जापानले आगामी तीन वर्षमा काठको स्याटलाइट स्पेसमा लञ्च गर्ने घोषणा गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको