अमेरिकामा तत्काल कोरोना राहत प्याकेज नदिने

वासिङ्टन, अमेरिकामा हाल कोरोना राहत प्याकेज नदिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्याकेजमा हस्ताक्षर गरेका छैनन् ।
शनिबार प्याकेजमा हस्ताक्षर गर्ने समय निर्धारण गरिएको थियो । तर, उनले हस्ताक्षर गर्नबाट अस्वीकार गरेका छन् ।
ट्रम्पले हस्ताक्षर नगरेका कारण अमेरिकी नागरिकलाई ३ लाख ३० हजार डलरको सहायता रकम नमिल्ने भएको छ । यसको प्रभाव यहाँको एक करोड नागरिकमा पर्ने भएको छ ।
उनले यो राहत प्याकेजको रकम निकै कम भएकाले बढाएपछि मात्रै हस्ताक्षर गर्ने बताएका छन् । नव निर्वाचित राष्ट्रपति जो बाइडेनले यस प्याकेृजमा हस्ताक्षर गर्नका लागि ट्रम्पमागिथ दवाव दिएका छन् ।
उनले यदि प्याकेजमा हस्ताक्षर भएन भने, गम्भीर परिणा भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
प्याकेजमा हस्तारक्ष नहुनाले अब डोनाल्ड ट्रम्प र जो बाइडेन खेमाबीच टकरावको स्थिति उत्पन्न भएको छ ।
यी दुई खेमामा अमेरिकी राष्ट्रपति निर्वाचनदेखि नै विवाद चल्दै आएको थियो । हालसम्म जो बाइडेनलाई ट्रम्पले राष्ट्रपतिका रुपमा स्वीकार पनि गरेका छैनन् ।एजेन्सी
प्रतिकृया दिनुहोस्