बेलायतमा देखा परेको कोरोनाको नयाँ प्रकार युरोपेली मुलुकभर फैलियो

काठमाडौं, हालै बेलायतमा देखा परेको नयाँ भाइरसको नयाँ प्रकार युरोपेली मुलुकहरुमा पनि देखा परेको छ ।
नयाँ प्रकारको भाइरस दक्षिण अफ्रिका र बेलायतमा देखा परेकोमा हाल युरोपका अधिकांश मुलुकमा देखिएको हो । यो भाइरस क्यानडा, जापान, अष्ट्रेलिया, डेनमार्क, फ्रान्स र नेदरल्याण्ड्समा पनि देखा परेको छ ।
हालै बेलायतबाट फर्केका स्पेन, स्वेडेन र स्वीट्जरल्याण्डका व्यक्तिमा पनि संक्रमण देखिएको छ । युरोपेली संघ इयुमा आवद्ध राष्ट्रहरुमा भाइरस नियन्त्रणका लागि धमाधम खोप लगाउन शुरु गरिएको छ । फ्रान्स, इटली र स्पेनमा आजबाट खोप बितरण शुरु गरिेने भएको छ ।
भाइरसको नयाँ प्रकार बेलायतमा पहिलोपटक देखिएको थियो । नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको छ । नयाँ भाइरसको यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन जारी रहेको डब्लुएचओले जनाएको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्