
इथियोपिया, इथियोपियामा संसदीय चुनाव घोषणा भएको छ । द्वन्द्वग्रस्त देश इथियोपियामा आगामी जुन महिनामा संसदीय चुनाव गर्ने तयारी गरिएको हो । निर्वाचन आयोगले आगामी वर्षको जुन ५ तारिखमा निर्वाचनको मिति घोषणा गरेको छ ।
यसअघि सन् २ हजार २० मै निर्वाचन गर्ने तालिका भएपनि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । त्यस्तै देशका विभिन्न स्थानमा हिंसात्मक घटना र द्वन्द्व बढेका कारणले पनि चुनाव सरेको जनाइएको छ ।
इथियोपियामा गएको हप्तामै सशस्त्र झडपमा कम्तीमा एक सय जना मानिसको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहले बताएका थिए ।एजेन्सी






