March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

भारतमा कोरोन संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुग्यो

नयाँदिल्ली, भारतमा कोरोना संक्रमणबाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म एक करोड दुई लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् जसमध्ये ९७ लाख १८ हजार व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भइसकेका छन् ।

यसैबीच, भारतमा कोभिड–१९ को परीक्षणको कार्यलाई थप विस्तार गरिने भारत सरकारले बताएको छ । हालसम्म १६ करोड नमूना परीक्षण भइसकेको छ ।

भारतीय राज्य दिल्लीमा पछिल्लो २४ घण्टामा एक हजार नयाँ संक्रमित भेटिएका र ३७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिल्लीमा हालसम्म १० हजार ३८४ जनाको मृत्यु भइसकेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको