March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

२०२१ मा दक्षिण कोरियाले नेपालसहित अन्य मुलुकबाट ५२ हजार कामदार लाने

काठमाडौं, दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । सो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो ।

कोटा तोकिएका ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार सात सय, कृषि क्षेत्रमा छ हजार चार सय र मत्स्यपालन क्षेत्रमा तीन हजार आउन पाउनेछन । त्यस्तै निर्माण क्षेत्रमा एक हजार आठ सय, सेवा क्षेत्रमा एक सय जना तोकिएको छ ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार प्रतिबद्ध पुनः प्रवेश अन्तर्गतका श्रमिक कोरिया जान पाउने छन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको