February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

कोरोना संक्रमण थप फैलिन नदिन इजरायलमा पुनः लकडाउन घोषणा

  • 33
    Shares

इजरायल, कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन भन्दै इजरायलमा पुनः लकडाउनको घोषणा गरिएको छ । आउँदो आइतबारदेखि लागू हुने गरी इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन शुरु हुन लागेको हो ।

लकडाउन देशव्यापी हुने इजरायली प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लकडाउन तत्कालका लागि दुई हप्ताका लागि भएपनि आवश्यकताअनुसार लम्ब्याउन सकिने जनाइएको छ ।

लकडाउनमा घरदेखि एक हजार मिटरभन्दा टाढा जान नपाइने तथा एक स्थानबाट अर्को स्थानमा गएर बस्न समेत पाइने छैन ।

त्यस्तै तल्लो तहमा पूर्व प्राथमिक, एकदेखि कक्षा ४ सम्म र माथिल्लो तहमा कक्षा ११ र १२ का पढाइ मात्रै सञ्चालनको अनुमति रहनेछ ।

व्यवसायीक तथा व्यापारिक कार्यालय बन्द हुनेछन् तर अत्यावश्यक सेवाका कार्यालय भने खुला रहनेछन् । त्यस्तै घरबाटै काम गर्न प्रोत्साहन गरिने छ भने सार्वजनिक सवारीमा आधा संख्यामा मात्रै यात्रु राख्ने व्यवस्था गरिएको छ ।

इजरायलमा दैनिक चार हजारभन्दा बढी संक्रमति थपिने गरेका छन् । दैनिक संक्रमितको संख्या एक हजारभन्दा कम नहुँदासम्म लकडाउन नहट्ने बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको