March 7, 2021, Sunday
२०७७ फाल्गुन २३, आईतवार

भारतमा कोरोना संक्रमितको संख्या एक करोड १ लाख २३ हजार नाघ्यो

  • 2
    Shares

काठमाडौं, भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बिहीबारसम्म एक करोड एक लाख २३ हजार भन्दा बढी पुगेको छ ।

गत २४ घण्टामा भारतमा २४ हजार ७१२ नयाँ सङ्क्रमित भेटिएसँगै कोरोना सङ्क्रमितको संख्या एक करोड १ लाख २३ हजार ७७८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३१२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ७५६ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार ९६ लाख ९३ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८३ हजार ८४९ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८७१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र १८ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ३४७ जनाको मृत्यु भइसकेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको