March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

चीनले फेब्रुअरीभित्र ५ करोड नागरिकलाई खोप लगाइसक्ने

  • 14
    Shares

काठमाडौं, चीनले फेब्रुअरी महिना भित्र आफ्ना ५ करोड नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्वता व्यक्त गरेको छ । रोग नियन्त्रण तथा रोकथाम गर्ने शंघाई केन्द्रले सो विषयको जानकारी गराएको हो ।

१५ डिसेम्बरमा सरकारले मास भ्याक्सिनेशनको योजनालाई सार्वजनिक गरेको थियो । चिनियाँ संक्रामक निकायले खोप सर्वप्रथम अत्यावश्यक व्यक्ति जस्तै स्वास्थ्यकर्मी, सीमामा खटिएका सुरक्षाकर्मीलाई प्रथमिकतामा राखेको छ ।

जूलाई महिना यता कोरोना भाइरसका गम्भीर व्यक्तिलाई खोप प्रदान गर्दै आएको छ । चीनले जूलाई महिना यता लाखौँ डोज उत्पादन गरिसकेको छ ।

उत्पादन गरिएको खोपले नतिजा सकारात्मक र सुरक्षीत रहेको जनाइएको छ । तत्काल पाचँ चिनियाँ खोप उत्पादन कम्पनीले अन्तिम चरणको परिक्षण सुरु गरिसकेको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको