February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

इथियोपियामा बन्दुकधारीको आक्रमणमा परि १०० भन्दा बढीको मृत्यु

  • 2
    Shares

गुमुज, इथियोपियामा बन्दुकधारीको आक्रमणमा परि १०० जनाभन्दा बढीको मृत्यु भएको छ । पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा विद्रोहीको पकड रहेको बेकोजी गाउँमा बन्दुकधारीले आक्रमण गरेकि हो ।


धेरै जातीय समूहहरुको बसोबास रहेको सो स्थानमा लामो समयदेखि जातीय हिंसा हुँदै आएको इथियोपियाको मानवअधिकार आयोगले जनाएको छ । त्यहाँ सन् २०१८ मा अबि अहमद प्रधानमन्त्रीमा नियुक्त भएसँगै विद्रोहीले आक्रमण तिब्र पारेका छन् ।

विद्रोहीहरुले सरकार विरुद्धको आन्दोलनका क्रममा सर्वसाधारणको हत्या गर्न थालेका छन् । केही समयअघि टिग्रे क्षेत्रमा सरकारी सेना र विद्रोहीविच भिडन्त भएको थियो । सोहि क्रममा सयौं सर्वसाधारण विस्थावित भएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको