February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

कोरोनाका कारण भारतको विभिन्न राज्यमा रात्रिकालिन कर्फ्यु लागु

  • 17
    Shares

नयाँदिल्ली, विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको भन्दै भारतका विभिन्न राज्यमा रात्रिकालीन कर्फ्यू लगाइएको छ । नजिकिदै गरेको चाडपर्वसम्बन्धी क्रियाकलाप विशेष गरेर राति हुने र यसले संक्रमण थप बढ्ने भन्दै रात्रिकालीन कर्फ्यू लागू गरिएको अधिकारीहरूको बताएको छ ।

भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकमा गएरातिदेखि लागू हुने गरी पुष १८ गतेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू लागू हुने समय राति १० बजेदेखि बिहान ६ बजेसम्म रहेको छ ।

कर्नाटकका स्वास्थ्यमन्त्री डाक्टर के सुधाकरले रातिको समयमा बाहिर निस्कने, हिंडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेका छन् ।

यसअघि महाराष्ट्र राज्यमा पनि सात घण्टे कर्फ्यू आदेश जारी भइसकेको छ । राति ११ बजेदेखि बिहान ६ बजेसम्म महाराष्ट्रमा लागू कर्फ्यू पुष २१ गतेसम्म जारी रहनेछ । अंग्रेजी नयाँ वर्ष र क्रिसमसका बेला भीडभाड र चलहलपहल बढ्ने भएकाले कोरोना थप फैलिन सक्ने भन्दै कर्फ्यू आदेश जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको