February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

इजरायलमा संसद विघटन, दुई वर्षभित्र चौथो पटक चुनाव हुने

  • 51
    Shares

जेरुसेलम, प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ ।  संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ ।  

देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको हो । इजरायल दुई वर्षमा चौथो चुनावको लागि अग्रसर हुने भएको छ । सम्भवतः अर्को वर्ष सन् २०२१ को मार्च २३ मा चुनाव हुने सिएएनएनले जानकारी दिएको छ । 

सिएएनएनका अनुसार नेतन्याहू र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वमा गठबन्धनले २०२० को बजेट स्वीकृत गर्न मध्यरात्रको म्याद गुमाएपछि संसदको स्वतः भंगलाई बाध्य तुल्याएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको गठबन्धनका सांसदहरुले सरकारको पतनका लागि एक अर्कालाई दोष दिएका छन् ।

कोरोना भाइरसको यो महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई पुनः चुनावको लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ । नेतन्याहूमाथि लामो समयदेखि पर्खाइमा रहेको भ्रष्टाचारको मुद्दा झनै तीव्र हुँदै गइरहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको