February 26, 2021, Friday
२०७७ फाल्गुन १५, शनिबार

अन्टार्कटिकामा पनि देखियो कोरोना भाइरस

  • 45
    Shares

काठमाडौं, अन्टार्कटिका महादेशमा पनि कोभिड-१९ भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म अन्टार्टिका महादेशमा कोरोनाको संक्रमण देखिएको थिएन । तर अन्ततः अन्टार्कटिकामा पनि भाइरस देखिएको हो ।

यससँगै विश्वका सातै महादेशमा कोरोना भाइरस फैलिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार अन्टार्कटिकामा तैनाथ चिलीका सेनाका अनुसार बर्नार्डो ओ’हिगिन्स रिसर्च स्टेसनमा खटिरहेका ३६ जनामा कोरोना देखिएको हो ।

३६ जनामध्ये २६ सैनिक रहेको र १० जना मेन्टेनेन्स कर्मचारी रहेको बताइएको छ । यी सबैलाई अहिले चिलीमा बोलाइएको छ । सो रिसर्च स्टेसनमा पुग्ने जहाजका ३ जनामा कोरोना देखिएपछि त्यहाँ सबैको कोरोना परीक्षण गरिएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको