February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

भूटानमा एक सातासम्म लागू हुने गरि दोस्रो चरणको लकडाउन घोषणा 

  • 28
    Shares

काठमाडौं, भुटानमा कोरोना संक्रमण बढेपछि देशभर दोस्रो चरणको लकडाउन घोषणा गरेको छ । भुटानका प्रधानमन्त्री लोते छिरिङका अनुसार यो लकडाउन आजदेखि एक सातासम्म लागू रहनेछ ।

मंगलबार साँझ वक्तव्य जारी गर्दै उनले थिप्पु र पारोका अस्पतालमा संक्रमणका केही घटना दर्ता भएका छन् । जसका कारण भूटानो कोभिड–१९ टास्क फोर्सले देशभर कडा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री छिरिङले यो लकडाउनबाट कोरोना भाइरस फैलनबाट रोक्न सहयोग पु्ग्ने आशा रहेको बताए । यसले स्थानीय समुदायामा भाइरस फैलन रोकिने उनको विश्वास छ । सोमबार बिहानै सरकारले देशमा अन्तरजिल्ला आवतजावतमा प्रतिबन्ध लगाएको थियो ।

सरकारका अनुसार यस क्रममा स्थानीय प्रशासनले संक्रमणको स्थिति हेर क्षेत्रीयस्तरमा प्रतिबन्धहरु लगाउन सक्नेछन् । लडकडाउनका क्रममा कुनै क्षेत्रमा अत्यावश्यक पसलहरु मात्र खोल्न अनुमति दिइनेछ भने स्कु्ल, कार्यालय र अन्य व्यवसायिक प्रतिष्ठान बन्द रहनेछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको