March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

४० भन्दा बढी देशले लगायो बेलायत यात्रामा प्रतिबन्ध

  • 28
    Shares

काठमाडौं, बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ । थुप्रै देशले बेलायतवाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन् ।

अहिलेसम्म ४० वटाभन्दा बढी देशले यूकेबाट हुने आगमनमा रोक लगाएका छन् । युरोपेली संघ ‘ईयु’ले नयाँ प्रकारको भाइरसलाई लिएर साझा नीति बनाउने तयारी गरेको छ । ईयूमा आवद्ध २७ देश कसरी अगाडि बढ्ने भन्नेमा छलफलमा जुटेका छन् ।

भारत, इरान, क्यानडा लगायत अरू थुप्रै मुलुकले पनि बेलायतवाट हुने आगमनमा रोक लगाएका छन् । अमेरिकाले निर्णय गर्न बाँकी छ । साउदी अरब, कुवेत र ओमानले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरेका छन् ।

नयाँ प्रकारको संक्रमित देखिएपछि स्वीडेनले डेनमार्कबाट गरिने यात्रामा प्रतिबन्ध लगाएको छ । डेनमार्कका साथै अस्ट्रेलिया, इटली र नेदरल्यान्ड्समा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ ।

कोरोना भाइरसको नयाँ प्रकार झन् संक्रामक रहेपनि घातक रहेको प्रमाण भेटिएको छैन । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन आग्रह गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको