February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

भारतीय काँग्रेसका नेता मोतिलाल बोराको ९३ वर्षको उमेरमा निधन

  • 1
    Share

नयाँदिल्ली, भारतीय काँग्रेस आईका नेता मोतिलाल बोराको निधन भएको छ । बोराको दिल्लीस्थित फोर्टिस अस्पतालमा ९३ वर्षको उमेरमा निधन भएको हो ।

दुई पटक मध्यप्रदेशका मुख्यमन्त्री समेत बनेका उनी सन् २००० देखि २०१८ सम्म काँग्रेसका केन्द्रीय कोषाध्यक्ष्यको जिम्मेवारीमा रहेका थिए । उनको डिसेम्बर २०मा ९३ औं जन्मदिन मनाइएको थियो ।

उनको अन्तिम संस्कार मंगलबार हुने जनाइएको छ । नेता बोराको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको