March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

अन्तर्राष्ट्रियस्तरका दश वैज्ञानिकको टोलीले वुहानमा कोरोनाबारे अध्ययन गर्ने

  • 11
    Shares

काठमाडौं, कोभिड-१९ को उद्गम स्थल मानिएको चीनको वुहानमा भाइरसबारे अध्ययन तथा अनुसन्धान गरिने भएको छ । अन्तर्राष्ट्रियस्तरका दश वैज्ञानिकको टोलीले अर्को महिना वुहानमा अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।

डब्लुएचओले वुहानमा अध्ययन गर्ने इच्छा व्यक्त गरे पनि बेइजिङले वुहानमा स्वतन्त्र रूपमा अध्ययन गर्न अनुमति दिएको थिएन । वुहानमा अध्ययन अगाडि बढाउन महिनौँ वार्ता गर्नुपरेको डब्लुएचओले बताएको छ ।

हालसम्म सुरुवातमा जनावरबाट मानिसमा सरेको भनिएको कोरोना भाइरसबारे यकिन तथ्य बाहिर आइसकेको छैन । वुहानमा भाइरसबारे गहिरो अध्ययन गरिने र संकलित तथ्यांकको आधारमा भविष्यमा आउन सक्ने जोखिम कम गर्न सकिने विश्वास गरिएको छ ।

चार वा पाँच हप्तासम्म अध्ययन गरिने लक्ष्य लिएको यो योजनाले भाइरस कहिले फैलिएको र कोरोना भाइरस वुहानबाट सुरु भए नभएको पुष्टि गर्ने बताइएको छ ।

सुरुवातमा कोरोना भाइरस चीनको हुवेई प्रान्तको वुहान सहरबाट बाहिरिएको बताइएको थियो । त्यहाँ रहेको वेट मार्केटबाट जनावरको माध्यमबाट मानिसमा सरेको बताइएको थियो, तर कुन जनावरबाट भन्ने स्पष्ट भइसकेको भने छैन । तर, विज्ञहरूले भने कोरोना भाइरस वुहानमा उत्पन्न नभई फैलिएको मात्र हुन सक्ने अनुमान गरेका छन् । 

सुरुमा मुसाबाट सरेको अनुमान गरिए पनि मानवमा सर्न सक्ने कोरोना भाइरस हालसम्म मुसामा भेटिएको पाइँदैन । डिसेम्बर महिनामा वुहान सेन्ट्रल हस्पिटलका एक चिकित्सकले भाइरसको उत्पत्तिबारे रिसर्च बाहिर ल्याउन चाहे पनि त्यहाँको प्रहरीले अनुसन्धानमा रोक लगाएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको