अफगानिस्तानमा सुरक्षा कारबाहीमा परि ७४ जना तालिवान विद्रोहीको मृत्यु

काबुल, अफगानिस्तानको कान्दाहारमा भएको सुरक्षा कारबाहीमा कम्तिमा ७४ जना तालिवान विद्रोहीको मृत्यु भएको छ । तालिवानी लडाकूको आधार क्षेत्र मानिने कान्दाहारमा भएको कारबाहीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयले ट्वीटरमार्फत् कान्दाहारको झेरिया, दाँद, पञ्जाब र अर्गान्दाब जिल्लामा भएको पछिल्लो कारवाहीमा ७४ तालीवान लडाकू मारिएको बताएको छ ।
सरकारी सेनाको नियन्त्रणमा रहेका भूभागमा विद्रोहीले आक्रमणको तयारी थालेको आरोप लगाउँदै सेनाले शुरु गरेको कारवाहीका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कारवाहीका क्रममा विद्रोही समूहबाट ठूलो मात्रामा हतियार तथा बन्दोबस्तीका सामान नियन्त्रणमा लिइएको सरकारी अधिकारीले दाबी गरेका छन् ।एजेन्सी
प्रतिकृया दिनुहोस्