March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

  • 1
    Share

नयाँदिल्ली, भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । गत २४ घण्टामा २५ हजार १ सय ५२ जनामा नयाँ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक करोड नाघेको हो ।


भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ४ हजार ८ सय २५ पुगेको छ ।

भारतमा ज्यान गुमाउनेको संख्या फनि १ लाख ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४७ जनाको मृत्यु भएको छ । हाल्सम्म ९५ लाख ५० हजार ७ सय भन्दा बढी कोरोनमुक्त भएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको