February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

गरिब राष्ट्रहरूमा जनवरीबाटै कोरोना विरुद्धको खोप पठाइने

  • 19
    Shares

काठमाडौं, विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले गरिब राष्ट्रहरूमा नयाँ वर्ष सन् २०२१ को शुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने जनाएको छ ।डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने बताएका हुन् ।

उनीहरूले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अध्यारो सुरुङमा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको उल्लेख गरेका छन् ।

डब्लुचओले विज्ञप्ती प्रकाशित गर्दै विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको जनाएको छ । सबै देशले कोरोनाविरूद्धको खोप किनेर लैजान नसक्ने भएकाले ति देशहरूमा पनि सन् २०२१ को सुरू देखि नै खोप पठाइने विज्ञप्तीमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको