February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

फ्रान्सका राष्ट्रपति म्याक्राेँलाई काेराेना संक्रमण

  • 10
    Shares

पेरिस, पुस ३ फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ लाई काेराेना संक्रमण भएको छ। उनलाई कोरोना सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

उनिसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि सङ्क्रमित भएको आशङ्कापछि उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी नगर्न र अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहि परीक्षण गर्न सुझाब दिइएको छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा पनि उनको नाम थपिएको छ । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना भाइरस सङ्क्रमित भएको थियो । राष्ट्रपति म्याक्रोँलाई लक्षणका आधारमा शङ्का लागेपछि परीक्षण गरिएकोमा सङ्क्रमण देखिएको हो । उजि अब सात दिन “सेल्फ आइसोलेसन”मा बस्नेछन् । गाेरखापत्रबाट

फ्रान्समा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि कम्तीमा सात दिन सेल्फ आइसोलेसनमा बस्नु पर्ने नियम रहेको छ । उहाँले सङ्क्रमण पुष्टि भएर सेल्फ आइसोलेसनमा बसेपनि आफ्नो कामलाई निरन्तरता दिने राष्ट्रपति कार्यालयले जनाएको छ । म्याक्रोँ गत हप्ता पेरिसमै आयोजना गरिएको युरोपेली सम्मेलनमा पनि सहभागी रहेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको