March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

नाइजेरियामा विद्रोहीको अपहरणमा परेका विद्यार्थीहरु अपहरणमुक्त

  • 10
    Shares

नाइजेरिया, नाइजेरियामा विद्रोहीको अपहरणमा परेका विद्यार्थीहरु अपहरणमुक्त भएका छन् । उत्तरी नाइजेरियाबाट अपहरण भएका ३ सय ४४ जना विद्यार्थीहरु अपहरणमुक्त भएका हुन् ।

अपहरणमुक्त भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेर अभिभावकको जिम्मा लगाइएको छ । नाइजेरियामा संघर्षरत बोकोहरामले एक साताअघि एक विद्यालयबाट ती विद्यार्थीहरुको अपहरण गरेको थियो ।

अझै केही विद्यार्थी विद्रोहीकै नियन्त्रणमा रहेको बताइएको छ भने विद्रोहीले बिहीबार मात्र भिडियो सन्देश जारी गरेर उनीहरुको अवस्थाबारे जानकारी गराएका थिए ।

विद्यार्थीहरु अपहरणमा परेपछि स्थानीयले सरकारलाई दवाब दिएका थिए । स्कुल पढ्ने बालबालिकाहरु अपहरणमा पर्न थालेकोमा अन्तर्राष्ट्रिय समुदायले समेत चिन्ता व्यक्त गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको