February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

ट्रम्पको हारमा इरानद्वारा खुशी व्यक्त

  • 37
    Shares

वासिङ्टन, इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति पद गुमाएकोमा खुशी व्यक्त गरेको छ ।

राष्ट्रपति हसन रुहानीले इरानी टेलिभिजनमार्फत सम्बोधन गर्दै अमेरिकी निर्वाचनमा बाइडेन विजयी र ट्रम्पको हारमा आफूलार्ई खुशी लागेको बताएका हुन् । उनले ट्रम्पको शासनकालमा बिग्रेको अमेरिकासँगको सम्बन्ध सुध्रिने विश्वास समेत व्यक्त गरेका छन् ।

राष्ट्रपति रुहानीले ट्रम्पकै आदेशमा इरानका सेना प्रमुख कासीम सलेमीको हत्या भएको र दुई देशको सम्वन्धमा समस्या बढेको समेत उल्लेख गरे ।

पराजित भएपछि पनि ट्रम्प इरानमा मिसाइल आक्रमण गर्ने तयारीमा रहेको जानकारी आफूले पाएको रुहानीले बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको