January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

नेदरल्याण्डमा क्रिसमसमा कडा लकडाउन गर्ने

  • 23
    Shares

एम्स्टर्डम, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टले क्रिसमसमा विद्यालय र पसल बन्द गर्ने लगायतका एक महिने कडा तालाबन्दीको घोषणा गर्ने बताएका छन् । प्रसारक एनओएस र आरटीएलका अनुसार त्यहाँको सरकारले कोरोना संक्रमणलाई बिस्तारै कम गर्न खोजेको बताएको छ ।

यसअघिको मार्च र मे बीचमा लागाइएको लकडाउनमा विद्यालय बन्द भए पनि पसलहरु खुलेकाले संक्रमण बढे पनि योपटक भने नखुल्ने बताइएको छ । नेदरल्यान्डको राष्ट्रिय स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ६ लाख पुगेको छ । त्यहाँ आइतबार यकैदिन ८ हजार ५०० हजार जनामा कोरोना संक्रमण देखिएको हो ।

जुन पछिल्लो समयको तुलनामा हालसम्मकै बढी हो । त्यहाँ कोरोना संक्रमणबाट हालसम्म १० हजार व्यक्तिको मृत्यु भैसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको