January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

अफगानिस्तानमा लडाकुको आक्रमणमा परी कम्तीमा छ सुरक्षाकर्मीको मृत्यु

  • 14
    Shares

कुन्दुज, अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिबान लडाकूको समूहले एक सुरक्षा जाँचचौकीमा गरेको आक्रमणमा परी कम्तीमा छ जना अफगान सुरक्षा बलको ज्यान गएको जिल्ला गभर्गर महबोउबुल्लाह सयेदीले बताएका छन् ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा स्थानीय समयानुसार सोमबार दिउँसो २ बजे सो आक्रमण भएको सञ्चारमाध्यमा जनाइएको छ ।

सो आक्रमणमा परी अन्य तीन सुरक्षा अधिकारी घाइते भएका छन् भने तीन जना वेपत्ता भएका छन् ।आक्रमणको बेला भएको यस दोहोरो भिडन्तमा तालिबानतर्फ हताहत भएको तर यसको यकिन संख्या भने थाहा नभएको जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २५० किलो मिटर उत्तरमा पर्ने कुन्दुज प्रान्त सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस आक्रमणको कुृनै टिप्पणी गरेका छैनन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको