कोरोना संक्रमणबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको ड्लामिनीको मृत्यु
- hamro_kantipur
- २०७७ मंसिर २९

काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु भएको छ ।
चार हप्ता पहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको आइतबार मृत्यु भएको हो । छिमेकी देश दक्षिण अफ्रिकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
उनलाई डिसेम्बर एकमा उपचारका लागि दक्षिण अफ्रिका लगिएको थियो । कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो । ड्लामिनी सन २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एजेन्सी
शीर्ष समाचार
- नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान खोज्ने एक पक्राउ
- खाने तेलको मूल्य बढेको गुनासो आएपछि बजार अनुगमन तीव्र, दुई उद्योग कारबाहीमा
- दक्षिण कोरियामा बसोबास गर्ने सबैलाई कोरोना खोप निःशुल्क
- सुनको मुल्यमा ५०० रुपैयाँ वृद्धि
- ललिता निवास प्रकरण: करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्