April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

पाकिस्तानको लाहोरमा प्रदर्शन रोक्न लकडाउन घोषणा

इस्लामवाद, पाकिस्तानको लाहोरमा त्यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको हो ।

सोही व्यवस्थाअनुसार त्यहाँका सरकारले ती स्थानमा गएराति देखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउनको व्यवस्था गरेको हो ।

आज लाहोरमा पाकिस्तानको सरकारका विरुद्धमा त्यहाँका विपक्षीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरुले यस विरोध प्रदर्शनले सरकारलाई नैतिक प्रश्न उठाउने बताएका थिए ।

उता प्रधानमन्त्री इमरान खानले भने विरोध जुलुश ननिकाल्न अनुरोध गरेका थिए । विपक्षीहरुले भने सो विरोध प्रदर्शन नरोक्ने बताएका थिए । विभिन्न ११ ओटा विपक्षीहरुले आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

राजनीतिक दलहरुले जुलुश नरोक्ने बताएपछि प्रधानमन्त्री खानको आदेशमा यहाँको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा सार्वजनिक स्थानमा मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउन गर्ने घोषणा गरेको हो ।

सो विरोध प्रदर्शनको नेतृत्व पाकिस्तानका प्रमुख विपक्षी दल पिपिपिका अध्यक्ष विलावल भुट्टोले गरेका छन् । उनले सरकारका विरुद्धमा कराँची, पेशावर र गुजरनवालामा जस्तै लाहोरमा हुन लागेको यो प्रदर्शनबाट पनि सरकारलाई धक्का दिइने दाबी गर्दै आएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको