April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

कोभिड-१९ विरुद्धको खोप सस्तो हुनुपर्नेमा भारत र पाकिस्तानको एक मत

काठमाडौं, भारत र पाकिस्तान दशकौं लामो  तनावपूर्ण सम्बन्धबाट गुज्रिरहेका छन् । यी दुई देशबीच सँधै विवाद मात्र भएको छ भने यी दुई देशबीच कस्मिरको विषयमा पनि विवाद छ ।

कोरोना भाइरसविरुद्धको खोप सस्तो हुनुपर्छ भन्ने विषयमा भने भारत र पाकिस्तानको एक मत देखिएको छ ।

भारतले दक्षिण अफ्रिकासँग मिलेर कोरोनाविरुद्धको भ्याक्सिनको पेटेन्ट अधिकारमा अस्थायी बदलाव ल्याउन विश्व व्यापार संगठन डब्लूटीओमा एक प्रस्ताव राखेको छ । यदी यो प्रस्ताव स्वीकार भए कोरोनाविरुद्धको खोपको मूल्यमा कमी आउनेछ । पाकिस्तानले भारतको यस प्रस्तावलाई स्वीकार गरेको छ ।

भारत र पाकिस्तानमा कोरोना संक्रमणबाट एक करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । भारतमा मात्र एक लाख ४३ हजारभन्दा बढीको ज्यान गएको छ भने पाकिस्तानमा पनि हजारौंको ज्यान गएको छ ।

यतिबेला भारत र पाकिस्तान आफ्नो नागरिकको ज्यान जोगाउन अमेरिका र युरोपमा बनेको खोपहरु ल्याउन खोजिरहेका छन् । पाकिस्तानको विदेश मन्त्रालयले भारतको प्रस्तावलाई स्वीकार गर्दै भनेको जवाफ दिएको छ, ‘महामारीको सुरुवातदेखि नै पाकिस्तानले कोरोनाविरुद्धको खोप तयार गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राविधिक विशेषज्ञता र संसाधनहरू सँगै ल्याउन आवश्यक छ भन्ने पक्षमा वकालत गरेको छ।’

भारतका अनुसार पेटेन्ट अधिकारमा अस्थायी परिवर्तन ल्याउन सके सस्तो कोरोनाको खोप बनाउन अनुमति मिल्नेछ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको