January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

जापानमा एकैदिन थपिए ३ हजार बढी कोरोना संक्रमित

  • 4
    Shares

टोकियो, जापानमा पछिल्लो समयमा कोरोना संक्रमण दर बढ्दै गएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार त्यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका छन् ।

जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो ।

सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ । योसँगै जापानमा अहिलेसम्म संक्रमण हुने व्यक्तिको संख्या ४६ हजारभन्दा बढी पुगेको छ । त्यहाँ शनिबार टोकियोमा ६२१ ज्ना संक्रमित भेटिएका थिए ।

पछिल्लो समय जापानमा संक्रमितहरु बढ्दै गएपछि राजधानी टोकियोका होटल रेष्टुरेन्ट तथा बढी भिडभाड हुने स्थानहरुमा मानिसहरुको सार्वजनिक आवतजावत रोकिएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको