January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

अमेरिकामा भोलिबाट कोरोना खोप अभियान शुरु हुने, ३० लाख अमेरिकीले खोप लगाउँदै

  • 1
    Share

वासिङ्टन, अमेरिकाले फाइजर–बायोएनटेकको कोरोना भ्याक्सिनलाई अनुमति दिएसँगै भोलिबाट खोप अभियान शुरु हुने भएको छ ।

पहिलो चरणमा सबै राज्यका ३० लाख अमेरिकीले खोप लगाउनेछन् । फाइजरको कोरोना खोप ९५ प्रतिशत सफल भएको दाबी गरिएको छ । फाइजरको खोपलाई मञ्जुरी दिन अमेरिकालाई निकै दवाब थियो ।
अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन ‘एफडीए’ का प्रमुख स्टिफन हानले आफूले कि फाइजरको खोपलाई अनुमति दिने या राजीनामा दिने बताएका थिए ।

एफडीएका विशेषज्ञले पनि यो खोपको पक्षमा वकालत गरेका थिए । फाइजरको कोरोना खोपलाई बेलायत, क्यानाडा, बहराइन र साउदी अरबले पनि अनुमति दिइसकेका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको