January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

थप ८ सय ९९ जनामा कोरोना पुष्टि, १५ जनाको मृत्यु

  • 21
    Shares

काठमाडौं, नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा १३ सय ५९ जना डिस्चार्ज भएको जानकारी दिएका छन् । योसँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ८९ पुगेको छ ।

देशभर सक्रिय संक्रमित ११ हजार ६ सय ७३ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख २५ हजार ८ सय ६० भएको छ । देशभर ५ सय १९ जना क्वारेन्टीनमा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको